२४ बैशाख २०८१, सोमबार
Follow Us

कमलपोखरीमा पनि शंकास्पद बस्तु फेला

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७५, शुक्रबार १५:२८

काठमाडौं–काठमाडौंको कमलपोखरीस्थित आँगन मिठाई पसल नजिक पनि शंकास्पद वस्तु फेला परेको छ।

प्रहरीले शंकास्पद वस्तु बम हुने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोली बोलाएको छ।
यसअघि शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयमा बम विस्फोट हुँदा २ जना घाइते भएका थिए । उनीहरुको अल्का अस्पतालमा उपचार भइरहेको छ । बम विस्फोटको कसैले जिम्मा लिएको छैन ।