२० बैशाख २०८१, बिहीबार
Follow Us

देउवाले सम्झाउँदा पनि शेखरले टेरेनन्

नेपालब्रिटेन डट कम्
२४ फाल्गुन २०७५, शुक्रबार ०२:३१

विराटनगर–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए नि उनले नटेरेको बताएका छन् ।
विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनु भएन त्यही भएर मैले जवाफ दिएको हुँ ।’
आजको नेपाल समाचारमपत्र दैनिक लेख्छ–नेतृत्वमा कोइराला आउनै नपाउने, चुनावमा उठ्नै नपाउने कुरा आफूले नगरेको पनि देउवाले बताए ।

नेता कोइरालालाई अनुशासनको कारबाही हुन्छ ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही नहुने स्पष्ट पारे ।
उनले पार्टीको चौधौं महाधिवेशन समयमै हुने दावी गरे ।
आफू कार्यकाल लम्ब्याउने पक्षमा नरहेको समेत सभापति देउवाले बताए ।