२८ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनद्धारा आठौँ राष्ट्रिय खेलकुदको लागि २४ खेलाडीको नाम घोषणा

नेपालब्रिटेन डट कम्
१० चैत्र २०७५, आईतवार १०:१७
  • विश्वका ७ मुलुकमा रहेका २४ नेपाली खेलाडी
    काठमाडौँ : सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाललाई कास्य पदक दिलाएकी कराते खेलाडी विमला तामाङले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गैर आवसिय नेपालीबाट खेल्ने भएकी छिन्।

गैर आवसीय नेपाली महासंघ एनआरएनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै बृहत राष्ट्रिय खेलकुदमा सात प्रदेश र तीन विभागीय सँगै एनआरएनएको टोलीले पनि सहभागिता जनाउने जानकारी दिएको हो।

एनआरएनएका महासचिव बद्री केसीले विश्वका ७ मुलुकमा रहेका २४ नेपाली खेलाडीले विभिन्न ९ खेलमा प्रतिस्पर्धा गर्ने जानकारी दिए।

जस अनुसार नेपाललाई एसियन गेम्समा पदक दिलाइसकेकी विमला तामाङले पनि एनआरएनएबाट खेल्ने भएकी हुन्। यस्तै विश्व जुडो च्याम्पियनसिपमा सहभागिता जनाइसकेका जुडो खेलाडी मोहन बामले पनि एनआरएनए टिमको प्रतिनिधित्व गर्नेछन्।

यस बाहेक विश्वका विभिन्न देशमा रहेका उत्कृष्ट नेपाली खेलाडीहरुलाई समावेश गर्दै एनआरएनले पहिलो पटक राष्ट्रिय खेलकुदमा सहभागिता जनाउन लागेको हो।

मंसिरमै हुने भनिएको आठौँ राष्ट्रिय भौतिक पूर्वाधारका कारण तोकिएकै समयमै हुन नसक्दा पछाडि धकेलिरहेको छ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्टले यसअघि आठौँ चैत अन्तिममा सुरु हुने बताएका थिए। तर अहिलेसम्म आधिकारिक मिति भने तय भइसकेको छैन।

यदी अब पनि आठौं खेलकुद सरेमा अहिले तोकिएका बाहेक एनआरएनएका अन्य खेलाडीहरु सहभागिता गराउने एनआरएनए टोलीका संयोजन गरिरहेका एकिन्द्र कुँवरले बताए।

एनआरएनएका अध्यक्ष भवन भट्टले राष्ट्रिय खेलकुदमा एनआरएनए खेलाडी सहभागि गराउने यो घोषणा महत्वपूर्ण क्षण रहेको बताए। उनले विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउन यो उपयुक्त माध्यम रहेको बताए।

आठौँमा एनआरएनए खेलाडी सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद् एनआरएनले यसअघि नै सम्झौता गरिसकेको छ।

एनआरएनए टोलीमा रहेका खेल र खेलाडी

कराते

विजय गुरुङ

लक्ष्मण मगर

नान बहादुर थापा

जनक सिंह खड्का

नोर्वु तामाङ

लोक मान सिंह श्रेष्ठ

कुमार भुसाल

लोक बहादुर श्रेष्ठ

राम बहादुर तामाङ

विमला तामाङ

शान्ति देवी अधिकारी

अविरल घिमिरे

 

जुडो

मोहन बाम

बक्सिङ

प्रचण्ड केसी

लन टेनिस

अमृत पौडेल

संरक्षण बज्राचार्य

गल्फ

लव कुमार गुरुङ

ब्याड्मिन्टन

बिक्की बुढा

सूर्य गिरी

हिरा लाल श्रेष्ठ


एथ्लेटिक्स ( म्याराथन)

नारी चन्द

 

तेक्वान्दो

नवीन श्रेष्ठ

पुष्प थापा मगर