१८ बैशाख २०८१, मंगलवार
Follow Us

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

नेपालब्रिटेन डट कम्
१३ चैत्र २०७५, बुधबार १५:०८

कास्की-पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित दरौ सिरुवारीहोटलबाट प्रहरीलाई नगद ३ हजार ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने सोही महानगरपालिका-१५ काजीपौवा बस्ने ३२ वर्षीय मनबहादुर पुन र सोही महानगरपलिका-१२ मियापाटन बस्ने २२ वर्षीय रन्जन गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही होटलमा लागूऔषध सेवन गर्न लागेको अवस्थामा अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरुले उक्त नगद दिन खोजे पश्चात नगद सहित उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुको साथबाट प्रयोग गर्नतयारी गरेको २ थान सिरिन्ज समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।