२१ बैशाख २०८१, शुक्रबार
Follow Us

लगानी सम्मेलनमा सात हजार सुरक्षाकर्मी

नेपालब्रिटेन डट कम्
१४ चैत्र २०७५, बिहीबार ०२:०२

काठमाडौं। शुक्रबार र शनिबार नेपालमा हुन लागेको दुईदिने अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि ७ हजार बढी सुरक्षाकर्मी खटिने भएका छन् । सम्मेलनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुने भएका हुन् ।
सुरक्षाका लागि नेपाल प्रहरीबाट ४ हजार २ सय, सशस्त्र प्रहरीबाट १ हजार ८ सय र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ हजारको संख्यामा सुरक्षाकर्मी परिचालन गरिने भएको हो । आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत परिचालन हुने सुरक्षा निकायले जनाएका छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।