काठमाडौं – संसदमा पेस भएको नागरिकतासम्बन्धी विधेयक छलफल भइरहेका बेला सत्तारुढ नेकपाभित्र सोही विषयलाई लिएर असन्तुष्टि बढेको छ। हाल राज्य व्यवस्था समितिले नागरिकता विधेयकमा देखिएका समस्या समाधान गर्न सांसद विजय सुब्बाको संयोजकत्वमा उपसमिति गठन गरेर छलफल गरिहरको भए पनि सत्तारुढ सांसदबीचै असन्तुष्टि उत्पन्न भएको हो।
छलफलकै क्रममा पनि सत्तारुढ सांसद र नेताहरुले नागरिकता सम्बन्धी विधेयक ‘राष्ट्रहित विपरीत’ भएको पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुस्पकमल दाहाललाई भेटेर पार्टीको बैठकमा छलफल माग समेत गरेका थिए। उपसमितिमा रहेका रेखा शर्मा, यसोदा गुरुङ सुवेदी लगायतका सांसदहरुले विहे भएका महिलाहरुको थरको सम्बन्ध विवाद गरेका थिए भने अन्यले अंगीकृत नागरिकता प्राब्धान तथा जन्मसिद्ध नागरिकता पाउने प्राब्धानको विषयमा विवाद गरेका थिए। प्रस्तावित विधेयक पारित हुँदा जन्मका आधारमा सबै विदेशीले नेपाली नागरिकता पाउने अबस्था रहेको, नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई विवहा गरेलगत्तै नागरिकता दिने व्यबस्था गरिएको, विदेशी पुरुषसँग विवाह गर्ने नेपाली महिलाले नागरिकता परित्याग नगरेको अबस्थामा तिनका सन्तानले पनि नागरिकता पाउने अबस्था सिर्जना हुने भएकाले यसलाई संशोधन गर्नुपर्ने सांसदहरुको भनाई थियो।
राज्यव्यवस्था समितिले गठन गरेको उपसमितिमा दफावार छलफल भैरहेकै अवस्थामा पनि नेकपाका केन्द्रीय सदस्यहरुले यसलाई सच्याउन माग गरिहेका छन्। नागरिक दैनिकमा खबर छापिएकाे छ ।