२१ बैशाख २०८१, शुक्रबार
Follow Us

बहानाबाजी नगर्न मुख्यमन्त्रीको निर्देशन

sarusaru
१४ चैत्र २०७५, बिहीबार ०२:३२

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सर्वसाधारण जनताका काम गर्नेबेला बहानावाजी नगर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय बागलुङले मंगलवार आयोजना गरेको कार्यालय प्रमुखबीचको अन्तरक्रिया कार्यक्रममा उनले सवै जनतालाई समान हिसावको व्यवहार गर्दै बिधि र कानुनमा रहेर जनताका काम गर्नुपर्नेमा जोड दिए । प्रदेश सरकारले काम गर्ने वातावरण तयार गरेपनि बजेट खर्च सन्तोषजनक नभएको भन्दै कार्यालय प्रमुखलाई द्रुत गतिमा काम गर्न उनले निर्देशन समेत दिए ।

उनले प्रदेश सरकारको कूल बजेटको जम्मा ११ प्रतिशत मात्र खर्च हुनुभनेको अत्यन्त दुःखद भएकाले तीनै तहसँग सहकार्य गरेर काम गर्न कर्मचारीहरुलाई आग्रह गरे । प्रदेश सरकार समृद्ध प्रदेशका लागि आवश्यक सबै तयारीमा लागेको भन्दै सोही अनुसारको काम जिल्ला तहमा हुनुपर्ने उनको धारणा थियो । मुख्यमन्त्री गुरुङले आवश्यक कानून निर्माण भइसकेकाले आगामी दिनमा काम गर्न सहज हुर्ने धारणा व्यक्त गरे । कार्यक्रममा प्रदेश सरकार माताहतका सबै कार्यालय प्रमुखहरुको उपस्थिती रहेको थियो ।