१ श्रावण २०८२, बिहीबार
Follow Us

उद्धारमा जुट्न कांग्रेस सभापति शेरबहादुर देउवाको अपिल

nepalbritain news
१८ चैत्र २०७५, सोमबार ०८:५१

काँग्रेस सभापति शेरबहादुर देउवाले बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको असिना–पानी सहितको भीषण हावाहुरीका कारण तीन दर्जन भन्दा बढी व्यक्तिहरुको अकालमै ज्यान गएको र सयौं घाइते तथा अंगभंग भएको घटनाप्रति दुःख प्रकट गरेका छन् ।

‘प्राकृतिक विपदका कारण दिवंगत भएका सबैप्रति मेरो व्यक्तिगत तर्फबाट र पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’ देउावले एक विज्ञप्तिमार्फत भनेका छन्।

विपदमा परी घाइते भएकाहरुको तत्काल उद्धार गरी आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्न र अकालमा जीवन गुमाउन पुगेकाहरुका पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको व्यवस्थागर्न उनले सकारलाई आग्रह गरेका छन् ।

देउवाले आफ्नो र पार्टीसमेतको प्रतिनिधित्व गर्दै उपसभापति विमलेन्द्र निधि प्रभावित क्षेत्रमा पुगेको पनि जनाएको छ ।
उनकासाथै सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्यहरु एवं प्रदेश नं २, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव तथा पार्टीका जिल्ला कार्यसमितिहरु, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरुलाई समेत घाइतेको उद्धार, पुनस्र्थापना र राहतमा जुट्नका लागि निर्देशन गरिएको देउावले बताएका छन्।

धेरै पढिएको