२४ बैशाख २०८१, सोमबार
Follow Us

अष्ट्रेलिया विश्वविद्यालयले ल्याउने भयो चिट चोर्न निरुत्साहित गर्ने विधेयक

sarusaru
२४ चैत्र २०७५, आईतवार १२:०६

अष्ट्रेलियाको सरकारले विश्वविद्यालयमा चिट चोर्ने कार्यलाई निरुत्साहित गर्नको लागि एक विधेयक ल्याउन लागेको छ ।
अष्ट्रेलियाका शिक्षामन्त्री ड्यान तेहानले विधयकको प्रस्ताव गरेका हुन् ।
तेहानका अनुसार नयाँ कानुनपछि विश्वविद्यालयका परीक्षामा चिट चोराउन सहयोग गर्ने अथवा निवन्ध लेखनमा चोर्न सघाउने जो कोहीले कडा सजाय भोग्नेछन् । यसमा दुई वर्षसम्म जेल र २ लाख १० हजार डलरसम्म जरिवानाको व्यवस्था छ ।
अष्ट्रेलियन विश्वविद्यालयहरुमा ‘कन्ट्राक्ट चिटिङ’ भनिने एक खालको चोरी व्याप्त रहेको पहिचान गरिएको छ । त्यस चोरीमा विश्वविद्यालयका विद्यार्थीहरुले आफूलाई दिइएको कार्य तथा ‘एसाइनमेन्ट’ अरुलाई पैसा दिएर गराउँछन् । विशेष गरेर विदेशमा रहेका वेबसाइटहरुमार्फत हुने यी कार्य पछिल्ला केही वर्ष व्यापक वहसको विषय बनेको छ ।