१८ बैशाख २०८१, मंगलवार
Follow Us

चोरी गरिएका सामान सहित तीन जना भारतीय नागरिक पक्राउ

sarusaru
१ बैशाख २०७६, आईतवार ०२:५०

काठमाडौं । चोरी गरिएका सामान सहित तीन जना भारतीय नागरिक पक्राउ पक्राउ परेका छन्।

काठमाडौं टेकुबाट चोरी गरिएका बिभिन्न सामान सहित कालीमाटी बस्ने भारत सितामढी घर भएका २१ वर्षीय राजकुमार राम, भारत बैसाली घर भएका १९ वर्षीय बिर्ज साह र काठमाडौं ताहाचल बस्ने भारत मोतिहारी घर भएका २० वर्षीय दिपकप्रसाद जैसवाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा भारत घर भएका चन्दन कोदारको कोठामा चोरीका सामानहरु राखेको बताएकोले निजको कोठामा खानतलासी चोरी गरेका विभिन्न सामानहरु भेटिएका थिए।

गर्दा नगद १ लाख ९८ हजार रुपैयाँ, क्यामेरा १० थान, मोबाइल १० थान, घडी ९ थान, मनिपर्स ९ थान, व्याग १ थान, बुद्धचित्त जस्तो देखिने माला १ थान, मिनी प्रोजेक्टर १ थान, झिलिमिली बत्ती १ थान, जेनेरेटर १ थान फेला परेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल