१ जेष्ठ २०८१, मंगलवार
Follow Us

करेन्ट लागेर युवतीको मृत्यु

sarusaru
९ बैशाख २०७६, सोमबार ०२:३०

रुपन्देही । रुपन्देहीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको तिलोत्तमा नगरपालिका २ बस्ने ३० वर्षीया सुमित्रा हमाल ठकुरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ।

आफ्नै बन्दै गरेको घरमा पानी तान्ने मोटर चलाई पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डिसी नेपाल