२६ जेष्ठ २०८१, शनिबार
Follow Us

तीन गोलको बराबरी खेल्दै एस्टन भिल्ला र लिभरपुलले अंक बाँडे

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०८१, मंगलवार ०५:५२

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले अंक बाँडेका छन् । सोमबार राति भएको खेलमा दुवै टिमले तीन तीन गोलको बराबरी खेल्दै तालिकामा एक एक अंक थपेका हुन् ।

एस्टनको मैदानमा पाहुना टोली लिभरपुलले उपहार गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लियो ।

१२ औं मिनेटमा योरी टेलिमान्सले वले वाटिकन्सको पासमा गोल गर्दै एस्टनलाई बराबरीमा ल्याए । २३ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो ।

पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलले दोस्रो हाफको सुरुमै (४८औं मिनेट) जेरेल अमोरिन क्वान्साहले हार्भे इलियटको पासमा गोल गरेपछि ३–१ ले अघि रहेको थियो । तर, निर्धारित समय सकिन अन्तिम ५ मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमाएको थियो ।

८५ औं मिनेटमा जोन डुरनले कलुम च्याम्बर्सको पासमा गोल गर्दै एस्टनलाई खेलमा फर्काउने संकेत गरेका थिए । उनैले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।

बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अंकका साथ तालिकाको चौथो स्थानमा रहँदा समान खेलबाट ७९ अंक जोडेको लिभरपुल भने तेस्रो स्थानमा छ ।