लण्डन । चाल्टर्न नेपाली समाज बेलायतले दशै तिहारमाको अवसर पारेर विशेष शुभकामना कार्यक्रम गर्ने भएको छ । समाजले २३ अक्टोबर साँझ ग्रेस प्यारिस हल चाल्टर्न रोडमा उक्त कार्यक्रम गर्न लागेको अध्यक्ष टंक कँडेलले जानकारी दिए ।
समाजले साँझ ६ बजेदेखि उक्त कार्यक्रम सुरु हुने जनाएको छ । शुभकामना आदान प्रदानका साथै कार्यक्रममासाँस्कृतिक प्रस्तुती, देउसी भैलीका साथै बालबालिकाका लागि विभिन्न मनोरन्जनात्मक कार्यक्रम हुनेछन् ।
देउसी भैलो कार्यक्रमको संयोजन कृष्ण गैरेले गरेका छन् । कार्यक्रममा प्रवेशका लागि १० पाउण्ड तोकिएको छ भने बालवालिकाले भने ५ पाउण्डमै प्रवेश पाउनेछन् ।
कार्यक्रम सफलताका लागि चाल्टर्न नेपाली समाज युकेको सम्पूर्ण कार्यसमिति लागि परेको छ । चाल्टर्न नेपाली समाजले कार्यक्रममा सहभागी भएर गरिमा बढाइदिन सबै नेपालीसँग आग्रह गरेका छ ।