२० बैशाख २०८१, बिहीबार
Follow Us

५ दशमलव २ रिक्टरस्केलको भूकम्प, सर्वसाधारणमा त्रास

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार ०२:१४

काठमाडौं– एकाबिहानै राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौंसहित आसपासका जिल्लाहरुमा महसुश भएको थियो ।