२० बैशाख २०८१, बिहीबार
Follow Us

डडेलधुरामा एकाबिहानै बस दुर्घटना, ७ जनाको मृत्यु

नेपालब्रिटेन डट कम्
११ बैशाख २०७६, बुधबार ०२:४६

काठमाडौं– डडेल्धुरामा बुधबार बिहान बस दुर्घटना हुँदा ७ जना मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।
भीमदत्त राजमार्गअन्तर्गत गन्यपाधुरा गाउँपालिका–१ को साहुखर्क नजिकै बुधबार बिहान पौने ५ बजेतिर बस दुर्घटना भएको हो। बसमा जम्मा ३५ यात्रु सवार थिए ।

७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ बस दुर्घटनामा परेको हो।