२० बैशाख २०८१, बिहीबार
Follow Us

बालविवाह गराउने ५ जना प्रहरी नियन्त्रणमा

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार ०६:४७

सिरहाबाट जनकपुरमा आएर बालविवाह गराउनेलाई करिब आधा दर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० स्थित रामजानकी विवाह मण्डपबाट बालविवाह गर्न लागि रहेको अवस्थामा बेलुलीको बुवा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिरहा बरियारपट्टी गाउपालिका वडा नम्बर ५ हरिपुर टोल बस्ने ५० वर्षिय जिवेन्द्र नारायण यादवले सिरहाको औरही गाउपालिका वडा नम्बर ३ खजनपुर बस्ने हरी नारायण यादवको १० वर्षिय छोरी विभाकुमारी यादवसंग विवाह गर्न लागेको भन्ने सूचना प्रहरी चौकीमा प्राप्त भएपश्चात सोहि चौकीबाट खटिएका प्रहरी टोलीले बेहुलीको बुवा हरी नारायण लगायतविवाह गर्न लागेका जिवेन्द्र नारायण यादव सहित दुवै पक्षका ५ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैजनालाई आवश्इक कारवाहीको लागि जिप्रका धनुषा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिए ।