२४ बैशाख २०८१, सोमबार
Follow Us

साउदीले एकै दिन ३७ जनालाई मृत्युदण्ड

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार ०७:३९

एकजनालाई मरेपछि पनि थप सजायँ साउदी अरबले आतकंवादी घटनामा संलग्न भएका भन्दै ३७ जनालाई मृत्युदण्ड दिएको छ ।

अधिराज्यको गृह मन्त्रालयको जारी गरेको एक विज्ञप्ती अनुसार ३७ मध्ये एक अभियुक्तलाई सुलीमा चढाइयो । सामान्यतया साउदी अरबमा घाँटी काटेर मृत्यु दिने प्रचलन छ । राज्यको कानुनअनुसार अत्यन्त जघन्य अपराध गर्नेहरुलाई मृत्युदण्डपछि सुलीमा चढाइन्छ ।
‘उग्रवादी आतंकवादी विचारधारा अंगिकार गरेका र आतंकवादी समूह निर्माण गरेकोमा कयैन अपराधीलाई मृत्युदण्ड दिइयो । तिनले सुरक्षा व्यवस्था भड्काउने र सम्प्रदायीक विग्रह फैलाउने अभिप्राय देखिन्थ्यो,’ साउदी प्रेस एजेन्सीले गरेको एक ट्वीटमा उल्लेख छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तीमा मृत्युदण्ड दिइएका सबैको नामावली पनि दिइएको छ । मृत्युदण्ड दिइएका अधिकांश साउदी अरबको अल्पसंख्यक सिया समुदायका छन् । सजाय दिइएका ११ व्यक्तिलाई इरानको लागि जासुसी गरेको दोष लगाइएको छ । कम्तिमा पनि १४ व्यक्तिलाई सन् २०११ र २०१२ बीच देशको पूर्वी भागमा भएका सरकार विरोधी प्रदर्शनकारी छन् ।