२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सिरहाका प्रमुख डिभिजनल इन्जिनियर गोइत पक्राउ

sarusaru
१५ बैशाख २०७६, आईतवार ०२:४२

पूर्वाधार विकास कार्यालय सिरहाका प्रमुख डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सदरमुकामस्थित सरकारी निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सिरहाका प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले सप्तरीबाट पक्राउ पूर्जी आएपछि निवासबाटै पक्राउ गरिएको बताए । सप्तरी प्रहरीले सरकारी छाप किर्ते गरेको विषयमा छानबिनका लागि पक्राउ गरी पठाइदिन पत्र आएको श्रेष्ठले जानकारी दिए । इन्जिनियर गोइतको कार्यप्रति असन्तुष्ति जनाउँदै स्थानीय राजपाका केही नेताहरुले प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री जीतेन्द्र सोनलाई एक साताअघि सरुवा गराउन आग्रह गरेका थिए । यसअघि गोइत जिल्ला प्राविधिक कार्यालय सिरहाका प्रमुख इन्जिनियर भइसकेका थिए ।