२४ बैशाख २०८१, सोमबार
Follow Us

बालुवाटारको जग्गा झ्वाम पार्ने विष्णु पौडेललाई नेविसंघले पठायो ६ सय ५५ रुपैयाँ

नेपालब्रिटेन डट कम्
१५ बैशाख २०७६, आईतवार १३:०४

बुटवल – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ रुपन्देहीले बालुवाटार जग्गा प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेललाई क्षतिपुर्ति दिन एक रुपैंया संकलन अभियान सुरु गरेको छ।
जग्गा खरिद गर्दा पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने सरकारका प्रवक्ता गोकुल बास्कोटाको भनाइलाई व्यंग्य गर्दै नेविसंघ रुपन्देहीले रकम संकलन गरेको हो ।
‘बालुवाटारको सरकारी जग्गा खरिदको क्रममा ठगिएका पीडित नेकपा महासचिव, रुपन्देही क्षेत्र नम्मर २ वाट निर्वाचित सांसद एवं पुर्व अर्थमन्त्री विष्णु पौडेलज्यूलाई क्षतिपुर्ति स्वरुप १ रुपैंया सहयोग संकलन कार्यक्रम’ लेखिएको कालो ब्यानर बोकेर नेविसंघले अभियान सुरु गरेको हो।
आइतवारबार ६ सय ५५ रुपैंया संकलन भएको नेविसंघ बुटवल वहुमुखी क्याम्पसका सभापति दिनेश पौडेलले जानकारी दिए ।
नेविसंघ रुपन्देहीे निर्वतमान सभापति सन्तोष डिसीको को नेतृत्वमा बुटवलको ट्राफीक चोकमा एक रुपैंयाका दरले बटुवासँग रकम संकलन गरिएको थियो । संकलित रकम ईलाका प्रसाशन कार्यालय बुटवल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यलयमा पठाएको नेपाली काँग्रेशका नेता अजय रावतले बताए ।
कार्यक्रममा नेविसंघकी पुर्व केन्द्रीय सदस्य जमुना ढकाल, सशवश्ती सास्कृतिक क्याम्पसका स्ववियु सभापति विष्णु पौडेल, लुम्विनी वाणिज्य क्याम्पसका सभापती सुरज क्षेत्री, सिद्घार्ग गौतमवुद्घ क्याम्पसका सभापती महेस सर्मा, लुम्विनी ईन्जिनीयरीङ्ग कलेजका सभापती शमशेर खडका, तरुण दलका नेता विमल गुरुङ, सुदिप गुरुङ विद्यार्थि नेत्री सञ्जु चापागाई र एलीसा टण्डन लगायतको उपस्थिती रहेको थियो ।