२० बैशाख २०८१, बिहीबार
Follow Us

गौशालामा राष्ट्रपतिविरुद्ध हुटिङ

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार ०२:५०

काठमाडौं– चीनको आठदिने भ्रमण सकेर राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार स्वदेश फर्किएकी छिन् ।
राष्ट्रपतिको आगमनका कारण बुधबार दुई जहाज डाइभर्ट मात्रै भएनन् बिहान साढे १० बजेपछिका दुई सय बढी आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान तालिका पछाडि धकेलिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । यस्तै संयुक्त राष्ट्रसंघको चार्टड विमान पनि आकाशमै होल्ड भयो ।
यसैबीच राष्ट्रपति विमानस्थलबाट निवास फर्किँदा सडक अवरुद्ध भएपछि सवारी चालकले हर्न बजाएर विरोध गरेका छन् । गौशालामा त हुटिङ समेत भएको थियो ।