२० बैशाख २०८१, बिहीबार
Follow Us

गणतन्त्र संस्थागत गर्न चुनौति छ : दाहाल

sarusaru
१९ बैशाख २०७६, बिहीबार ०२:५२

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न चुनौति रहेको बताएका छन् ।

अध्यक्ष दाहालले मजदुरहरुको समेत ठूलो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर हुँदै मुलुकमा नकारात्मक अराजकताको स्थिति पैदा हुने हो कि भन्ने प्रश्न हरेक राजनीतिक नेतृत्वमा उठने गरेको अनुभूति पनि सुनाए ।

बुधबार अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विश्वमा धनी र गरिवबीचको खाडल झनै बढेर गएको हेक्का राखेर अघि बढनुपर्नेमा पनि जोड दिए ।

अध्यक्ष दाहालले ८० प्रतिशत भन्दा बढि गरिवलाई विश्वको सम्पत्ति कब्जा गरेर बसेकाहरुले अहिले पनि अन्याय, अत्याचार गरिरहेको उल्लेख गर्दै त्यसबाट मुक्ति दिलाउन जरुरी रहेको पनि बताए । उनले नेपालका श्रमिकहरुले भने सैद्धान्तिक रुपमा ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै लैजानुपर्ने पनि बताए ।
डिसी नेपाल