२१ बैशाख २०८१, शुक्रबार
Follow Us

सिंहदरबारकै ४६ रोपनी जग्गा भूमाफियाले खाए

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार ०२:५३

काठमाडौं– सिंहदरबरको पूर्व अनामनगरतर्फ कुलो र गोरेटो मात्रै थियो । ०४७ मा सडक निर्माण योजना बन्यो । सडक बनाउँदा चल्तीको गोरेटोलाई केन्द्र बनाएर दुबैतर्फ बराबरी जग्गा उपयोग गर्नुपर्नेमा शतप्रतिशत जमिन सिंहदरबारको मात्रै मिचियो । पर्खालभित्रबाट सडक निर्माण गर्दा सिंहदरबारको ४६ रोपनी ६ आना जग्गा अतिक्रमण भयो । पूर्वपट्टी आफ्नो निजी जग्गा जोगाउन एकतर्फी गर्दै रामबहादुर रावल नेतृत्वको आयोगले जग्गा फिर्ता गराउन सिफारिस गरेको थियो । तर ०५२ मा प्राप्त प्रतिवेदनउपर सरकार २४ वर्षसम्म मौन छ । आजको नयाँ पत्रिका दैनिकमा सिंहदरबारकै जग्गा अतिक्रमण भएकोबारे खबर छापिएको छ ।