२० बैशाख २०८१, बिहीबार
Follow Us

बालुवाटारको जग्गा घोटाला प्रकरणमा यस्तो आयो राणा परिवारको बयान

नेपालब्रिटेन डट कम्
१९ बैशाख २०७६, बिहीबार ०७:१५

काठमाडौँ– बालुवाटारस्थित बहुचर्चित ‘ललिता निवास’को जग्गा प्रकरणमा सुवर्ण शम्शेरका परिवारले मुख खोलेका छन् ।
शुवर्ण शम्शेर परिवारका तर्फबाट रुक्म शम्शेर, हेमाद्री शम्शेर र हाटक शम्शेर राणाले बिहीबार एक विज्ञप्ति निकाल्दै आफ्ना बाबु बाजे सुर्वण तथा कञ्चन शम्शेर जवराको ललिता निवास क्याम्पाको घरजग्गा मुअव्जा बुझाई २०२१ सालमा अधिग्रहण भएको सम्पत्ति जफत नाममा फिर्ता गरी सरकारी जग्गा हिनामिना गरेको भनेर प्रकाशित समाचारहरुमा सत्यता नभएको बताएका छन् ।
राणा परिवारले ललिता निवासबारे बाहिर आएका समाचारहरु भ्रमपूर्ण रहेको दावी समेत गरेका छन् ।
राणा परिवारले १७ बुँदे विज्ञप्ति जारी गर्दै भनेका छन्,‘सुवर्ण शम्शेरको नाममा दर्ता श्रेस्ता कामय भएको ललिता निवासभित्रको घर जग्गा सुवर्ण शम्शेरले मिति २०१७ साल असार १५ गतेको वण्डापत्र र मालपोत कार्यालय २०१७ असार ३१ मा र. न. १५४७ बाट पारित गरी आफ्नी श्रीमती स्वेत प्रभा राणा–१, छोराहरु कनक, कञ्चन र रुक्म शम्शेर राणालाई ५७ रोपनीका दरले दिइ बाँकी ५७ रोपनी आफ्नै नाममा राखेको जनाएका छन् ।
त्यस्तै राणा परिवारले उक्त जग्गा नेपाल सरकारको स्वामित्वमा नगएको र समरजंग कम्पनीको रेखदेखमा मात्र रहेको २१२ रोपनी जग्गामध्यबाट सुर्वण शम्शेर र कञ्चन शम्शेरको परिवारमा कानुनले तोकेको हदसम्मको जग्गा फिर्ता गरिएको उल्लेख छ ।