२७ बैशाख २०८१, बिहीबार
Follow Us

नागरिकता लिन ७ दिन

नेपालब्रिटेन डट कम्
२३ बैशाख २०७६, सोमबार ०३:२५

धनुषा — सबैला नगरपालिका-४ का सहिन्द्र र महिन्द्र महराले नागरिकताका लागि टन्टलापुर घाममा सेकिएको चार दिन भयो । उनीहरू आइतबार पनि बिहान सातै बजे जिल्ला प्रशासन कार्यालयमा लाम लागे । दिउँसो २ बज्दा पनि पालो आएन । उनीहरूजस्ता अरू २ सयभन्दा बढी व्यक्ति लाइनमा थिए ।

जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशज नागरिकता दिने सरकारको निर्णयपछि प्रशासनमा भीड बढेको छ । नागरिकता नहुँदा विभिन्न अवसरबाट वञ्चित भएकाहरू दिनहुँ प्रशासन धाइरहेका छन् । तर प्रशासनले सीमित जनशक्तिका कारण सेवाग्राहीको चाप थेग्न सकेको छैन ।

नागरिकता बनाउन ७ दिनदेखि पढाइ छोडेर लाइन बसिरहेको धनुषा, बटेश्वरका दीपक राइनले बताए । ‘चर्को घाममा लाइन बसेको ७ दिन बित्दासमेत नागरिकता पाउन सकेको छैन,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।