२० बैशाख २०८१, बिहीबार
Follow Us

नेपाली कांग्रेसले विश्वभर छरिएका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिने

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७६, बुधबार ०७:२७

लण्डन– नेपाली कांग्रेसले विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण दिने भएको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठनले जनसम्पर्क समितिका सदस्यहरुलाई प्रशिक्षण दिन लागेको नेपाली जनसम्पर्क समिति वेलायतका सभापति युवराज गुरुङ्ग जनाए।

जुनको तेस्रो सता डेनमार्कमा आयोजना हुने तीन दिने प्रशिक्षणमा विश्वभर छरिएका नेपाली कांग्रेस महासमिति सदस्य तथा प्रतिनिधीहरुको सहभागिता रहने छ। प्रशिक्षणमा नेपाली कांग्रेसका उपसभापति तथा पार्टीको केन्द्रीय नीति, अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठनका संयोजक विमलेन्द्र निधीको उपस्थिती रहने गुरुङले जानकारी दिए।

कांग्रेसले भारत, बेलायत, अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीजरल्याण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरल्याण्ड, कतार मलेसिया, युएई, पोल्याण्ड, मकाउ, साउदी अरब, बहराइन, कुवेत, नर्वे, न्यूजील्याण्ड, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, ओमान, फ्रान्स, साइप्रस र जर्मनीमा प्रशिक्षण कार्यक्रम हुन लागेको हो।

प्रशिक्षणमा सहभागी हुनको लागि युरोपस्थित नेपाली जनसम्पर्क समितिहरुलाई पत्राचार गरिएको नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतमले बताए। कांग्रेसको हाल विश्वका ३६ देशमा जनसम्पर्क समितिको रुपमा भातृ संगठन रहेकोमा बेल्जियम, क्यानाडा, जापान, अष्ट्रेलियाको जनसम्पर्क समितिलाई संस्थागत रुपमा प्रशिक्षणमा सहभागि गराएको छैन्।

ती मध्य कतिपय देशको कार्यसमितिको कार्यकाल समाप्त भएको र केहीमा विवाद रहेको कारणले कांग्रेसले उनीहरुलाई प्रशिक्षणमा सहभागी नगराउने नीति लिएको बताएको छ।