२२ बैशाख २०८१, शनिबार
Follow Us

सरकारले नै सङ्घीयता चाहेको छैन : उपसभापति निधि

sarusaru
२६ बैशाख २०७६, बिहीबार ०३:२४

लम्की । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले सङ्घीयता नचाहेको आरोप लगाएका छन्।

कैलालीको लम्कीमा आज राष्ट्रिय जागरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधिले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत सङ्घीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन्।

कार्यक्रममा काङ्ग्रेस प्रशिक्षण विभागका सदस्य तथा महिला नेत्री आरजु राणा देउवाले जनताकाबीचमा जानका लागि पनि अभियान आवश्यक रहेको बताएकी छिन्।

काङ्ग्रेसका केन्द्रीय सदस्य तथा अभियान कैलालीका लागि केन्द्रीय प्रतिनिधि श्याम घिमिरेले राष्ट्रिय जागरण अभियानका क्रममा आफू एक महिनासम्म कैलालीमा रहने बताउँदै अभियानमा सबैले साथ दिन गरे।
डिसी नेपाल