१९ बैशाख २०८१, बुधबार
Follow Us

परामर्श दिदैं दुव्र्यसनीका घरघरमा प्रहरी

sarusaru
२ जेष्ठ २०७६, बिहीबार ०२:२८

बागलुङ – गत फाल्गुण २५ गतेदेखि जिल्ला प्रहरी कर्यालयले जिल्ला सदरमुकाममा लागुऔषध नियन्त्रणका लागि नयाँ अभियानको थालनी ग¥यो । प्रहरीले थालेको यो अभियानले सदरमुकाम आसपारमा रहेका दुव्र्यसनीको पहिचान भएको छ ।
प्रारम्भिक चरणमा साधा पोषाकमा खटिएको प्रहरीको समुहले दुर्वेशनीहरुको पहिचान गरेको हो । झण्डै एक हप्ताको प्रयास पछि दुई समुहमा आबद्ध ८ जना प्रहरीको समुहले ४० जना दुव्र्यसनी रहेको कुरा पत्ता लगाएको थियो । पहिचान भएका दुव्र्यसनीहरुलाई प्रहरी पक्राउ भने गरेको छैन् । लागुऔषध दुव्र्यसनी कम गर्न अभियान चलाएको प्रहरीले दुव्र्यसनी र उनीहरुको परिवारलाई एकै ठाउँमा राखेर परामर्श दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णहरि शर्माले जानकारी दिए ।
आफ्नै छोराछोरी दुव्र्यसनीमा लागेको बिषयमा जानकारी समेत नभएको परिवारमा पुगेका प्रहरीहरुले लागुऔषध दुव्र्यसनीको असर र त्यसबाट परिवार तथा समाजमा पर्ने असरको बिषयमा जानकारी गराउने गरेको छ । प्रहरीले लागुऔधष प्रयोगकर्तालाई पक्राउ गरेर कारवाही गर्ने कानुनी आधार नभएका कारण उनीहरुको पहिचान गरेर परामर्श दिने गरिएको शर्माले जानकारी दिए ।
पहिचान भएका सबै दुव्र्यसनी प्रारम्भिक चरणको प्रयोगकर्ता भएकाले उनीहरुलाई पारिवारिक वातावरणबाट सुधार गर्न थालिएको उनले बताए । अहिले पनि प्रहरीले उनीहरुको घरघरमा पुगेर परिवार र सेवनकर्ता सबैलाई राखेर परामर्श दिने गरेको छ ।

लागुऔधको प्रयोग र व्यापारलाई नियन्त्रण गर्न सशक्त अभियान चलाईरहेको प्रहरीले उनीहरुपछि थप २७ जनाको पहिचान गरेर पक्राउ नै गरेको छ । पक्राउ परेकामध्ये १३ जना प्रारम्भिक चरणकै प्रयोगकर्ता रहेकाले परामर्शपछि तारेखमा छोडिएको छभने दुई बर्षभन्दा धेरै निरन्तर लागुऔषध प्रयोग गर्दै आएका ६ जनालाई सुधार केन्द्र पठाईएको प्रहरी नायव उपरिक्षक झबिन्द्र भट्टराईले बताए ।
सेवन र ओसारपसारमा समेत संलग्न रहेको आशंकामा ८ जनालाई कानुनी कारवाहीको लागि अदालत पेश गरिएको उनले बताए । लाधुऔषध ओसारपसार र सार्वजनिक अपराधअन्तर्गत उनीहरुलाई कारवाहीको माग गर्दै मुद्दा दायर भएको हो । प्रहरीले प्रयोगकर्ता र ओसारपसारमा संलग्नहरुको पहिचान र नियन्त्रण गरेको भएपनि लाघुऔषध भने बरामद गरेको छैन् । प्रयोगकर्तासँगै उनीहरुले प्रयोग गर्ने चार थान मोटरसाइर्कल समेत प्रहरीले नियन्त्रणमा राखेको छ ।

अदालतमा मुद्धा चलिरहेकाले मुद्धाको टुंगो नलाग्ने बेलासम्म मोटरसाईकल नियन्त्रणमै रहने प्रहरी उपरिक्षक शर्माले बताए । ‘हामीले परामर्शमार्फत परिवार र समुदायलाई जिम्मेबार बनाउन सकिन्छ भन्ने लागेर घर–घरमै पुगेर परामर्श दिएका छौं’ शर्मा भन्छन् ‘यो अभियानले केही सुधारका संकेतहरु देखा परेका छन् ।’ लागुऔष ओसारपसारमा संलग्नलाई कारवाही गर्ने कानुनी अधिकार भएपनि प्रयोगकर्तालाई भने सुधार केन्द्र मात्रै पठाउन पाउने व्यवस्था छ । प्रहरीले पहिचान गरेकामध्ये अधिकांश विद्यालय उमेर समुहका छन् । एक महिला र एक ४० बर्ष माथिको बयस्कबाहेक अधिकांश विद्यालय पढ्दै गरेका र पढाई छोडेर बसेका युवा रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने प्रहरीले खुलाएको छैन् ।

प्रहरीकै पैसा बोकेर फरार
जिल्लामा लागुऔषको प्रयोग भैरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ । साधा पोषाकमा प्रयोगकर्ताको रुपमा लाघुऔषध खरिद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले १० हजार ५ सय रुपैयाँ ठगेर बेपत्ता भएका छन् । पर्वतको मालढुंगामा लागुऔध खरिदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔध लिन भन्दै हिँडेका कुरमार भनेर चिनिने एक व्यक्ति बिचैबाट फरार भएको शर्माले जानकारी दिए । ‘पहिले पैसा लिएर लागुऔषध दिने उनीहरुको सिस्टम हुँदो रहेछ, हामीले सोही अनुसार रंगेहात पक्राउ गर्ने प्रयास ग¥यौं’ उनले भने ‘तर बिक्री गर्ने व्यक्ति पैसा लिएर फरार भयो ।’ जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भैरहेको शर्माले बताए ।
जनमञ्च