२३ बैशाख २०८१, आईतवार
Follow Us

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०७६, सोमबार १२:१९

काठमाडौं( काठमाडौं महानगरपालिका(२६ नयाँ बसपार्कबाट जुवातास खेलिरहेको अवस्थामा बाँके घर भएका ३९ वर्षीय नबिन राउत लगायत ९ जनालाई १ बुक तास र नगद ४६ हजार रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले पार्किङ गरी राखेको ना।७ ख ५६२८ नम्बरको बसमा जुवातास खेलीरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका(४ स्थित पसलबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४७ वर्षीय कोभानु घिमिरे सहित ५ जनालाई नगद १६ हजार ५ सय रुपैयाँ सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले जुवातास खेलिरहेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।