७ जेष्ठ २०८१, सोमबार
Follow Us

घट्यो सुनचाँदीको भाउ

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार ०५:५४

काठमाडौं–नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । बुधबार तोलामा ५९ हजार ४०० मा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार घटेर तोलामा ५९ हजार २०० मा काराबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ५८ हजार ९०० मा कारोबार भएको छ भने चाँदी तोलामा ७०० मा कारोबार भएको छ । बुधबार चाँदी तोलामा ७०५ मा कारोबार भएको हो ।