२७ बैशाख २०८१, बिहीबार
Follow Us

वृद्धको घाँटी काटिएको अवस्थामा शव फेला

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार १७:१८

बारा–बाराको सिम्रौनगढ नगरपालिका–७ झवानी टोलमा घाँटी काटिएको अवस्थामा एक वृद्धको शव फेला परेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार ६० वर्षीय परीक्षण महरा चमार आफ्नै घरमा मृतावस्थामा फेला परेका हुन् ।

शव परीक्षणका लागि कलैया अस्पताल लगिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।