२७ बैशाख २०८१, बिहीबार
Follow Us

निधि कार्यवाहक सभापति चयन

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७६, बिहीबार १७:५२

काठमाडौं–नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।

सभापति देउवा विदेश प्रस्थान गरेकाले निधिलाई कार्यवाहक सभापति तोकिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाली काङ्ग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ को उपधारा ९१३०को व्यवस्थाअनुसार निधिलाई कार्यवाहक सभापति तोकिएको हो । सभापति देउवा उपचारका लागि बुधबार सिङ्गापुर प्रस्थान गरेका छन् । उनी आगामी सोमबार स्वदेश फर्किनेछन् ।