२१ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम ओलीको युराेप भ्रमणः को–को हुनेछन् भ्रमण टोलीमा ? (नामावलीसहित)

नेपालब्रिटेन डट कम्
१९ जेष्ठ २०७६, आईतवार १६:५४

लण्डन । प्रधानमन्त्री केपी शर्मा ओली १० जुनका दिन बेलायत भ्रमणमा आइपुग्ने भएका छन् ।
जुन ८ देखि हुने युरोप भ्रमणका क्रममा ओली जुन १० मा बेलायत आइपुग्ने कार्यक्रम रहेको हो । सो क्रममा प्रधानमन्त्री ओली र समकक्षी थेरेसा मेबीच भेटवार्ता हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जानकारी दिए।

प्रधानमन्त्रीको भ्रमण टोली २७ सदस्सीय हुनेछ ।

जसमा प्रधानमन्त्रीकी धर्मपन्ती राधिका शाक्य हुनेछिन् । यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, परराष्ट्रसचिव शंकरदास वैरागी भ्रण टोलीमा रहने छन् ।

यसैगरी श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्यालपनि भ्रमण टोलीमा रहनेछन् ।

भ्रमण टोलीको अरु सदस्यको रुपमा संसदको श्रम समितिका सभापति विमल श्रीवास्तव, सांसद बिन्दा पाण्डे, प्रोटोकल प्रमुख ज्ञानेन्द्र राज राजभण्डारी, परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज पौड्याल र घनश्याम भण्डारी, प्रधानमन्त्रीका निजी सचिव राजेश बज्राचार्यसहित सरकारी मिडियाका तीन जना प्रतिनिधिका साथै तीन जना अंगरक्षक र डाक्टर रहनेछन् ।

ओली आउँदो जुन ८ तारिख देखी नौ दिने युरोप भ्रमणमा निस्कने भएका हुन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले आइतबार दिएको जानकारी अनुसार ओली युरोपेली मुलुकहरू स्विट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जाने भएका हुन्।

मन्त्री ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली ८ जुन जेनेभाका लागि उड्नेछन्। ९ गते उनले जेनेभामा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सयौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्नेछन्।

१० जुनमा प्रधानमन्त्री जेनेभाबाट लण्डन उड्ने छन्। बेलायतमा यहाँकी प्रधानमन्त्री थेरेसा मेसँग भेटका क्रममा भुतपूर्व गोरखा सैनिकका विषयबारे कुराकानी हुनेछ। भेटपछि द्वीपक्षीय सहयोगका केही घोषणा पनि हुनेछ।

१२ जुनमा प्रधानमन्त्री ओली फ्रान्स जानेछन्। उनले फ्रान्सको दुई दिने ‌औपचारिक भ्रमण गर्नेछन्। नेपाल (फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठका अवसरमा पेरिसमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्।

फ्रान्सेली राष्ट्रपति इमायुल म्याक्रोंसँग प्रधानमन्त्रीको भेटवार्ताको तयारी भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए।

नौ दिने भ्रमण सकेर प्रधानमन्त्री १६ जुनमा स्वदेश फर्किनेछन्।