लिभरपुल – च्याम्पियन्स लिगको उपाधि जितेर इंग्ल्याण्ड फर्किएको लिभरपुललाई लाखौंको संख्यामा रहेका समर्थकले स्वागत गरेका छन् ।
सन् २००५ पछि पहिलो पटक ठूलो प्रतियोगिताको उपाधि जितेको लिभरपुलको ट्रफी परेडमा साढे सात लाख समर्थकको उपस्थिती रहेको थियो ।
समर्थकहरु लिभरपुलको जर्सी, झण्डा र स्काफ लिएर ट्रफी परेडमा उपस्थित थिए । मड्रिडमा भएको फाइनलमा जर्जेन क्लोपको टिमले टोटनह्यामलाई २–० ले हराउँदै छैटौं पटक युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
प्रशिक्षक क्लोप आएपछि लिभरपुल टिम संगठीत भएको छ ।
उसले प्रिमियर लिगमा ९७ अंक बनाएपनि म्यान्चेष्टर सिटीसँग एक अंकले पछि पर्दै उपविजेतामा सिमित बनेको थियो ।