१० श्रावण २०८३, आईतवार
Follow Us

बस र ट्याङ्कर जुध्दा १८ घाइते

nepalbritain news
२६ जेष्ठ २०७६, आईतवार १२:२३

चितवन। चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्याङकर र गोरखाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११.३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन्।

घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ। घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अहिले दुबै बस र तीनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
डिसी नेपाल

धेरै पढिएको