१ श्रावण २०८२, बिहीबार
Follow Us

घूस लिएको अभियोगमा नापी कार्यालयका २ कर्मचारीविरुद्ध मुद्दा दायर

nepalbritain news
२ असार २०७६, सोमबार ०२:२१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घूस लिएको अभियोगमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार उनीहरूले जग्गा नाप जाँच गर्ने क्रममा आलटाल गरी विभिन्न बाहनामा सेवाग्राहीसँग ३० हजार घूस माग गरेको आरोप लागेको छ। आयोगले कार्यालय सहयोगी विष्टमार्फत सर्वेक्षक यादवले घूस लिने गरेको पाइएको जनाएको छ।

आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार उनीहरूलाई बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो।
डिसी नेपाल

धेरै पढिएको