३२ असार २०८२, बुधबार
Follow Us

सब–इन्जिनियर बिरुद्ध मुद्दा दायर

nepalbritain news
७ असार २०७६, शनिबार ०३:०७

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिका नुवाकोटमा कार्यरत सबइन्जिनियर बद्री भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

भण्डारीले सेवाग्रहीसँग ३५ हजार घुस लिएको अभियोग लागेको छ। आयोगका अनुसार भण्डारीले विज्ञापनबापतको कमिसनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही दिन पहिले पक्राउ गरिएको थियो।

आयोगले बिगो असुल र कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए। यस्तै, आयोगले जिल्ला अदालत बारामा कार्यरत खरिदार सुनिल चौधरीलाई रु १८ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ।

अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नुपर्नेमा सो काम नगरी विभिन्न बहानामा घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले खरिदार चौधरीलाई बलैया उपमहानगरपालिका–४ स्थित अदालत अगाडिको चियापसलबाट पक्राउ गरेको हो।

आरोपी चौधरीको थप अनुसनधान भइरहेको आयोगले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको