३२ असार २०८२, बुधबार
Follow Us

आगामी दुई दिन लगातार वर्षा हुने पूर्वानुमान

nepalbritain news
९ असार २०७६, सोमबार ०३:०७

काठमाडौं । देशमा मनसुनी वर्षा शुरु भएसँगै देशभर कुनै ठाउँमा भीषण र कुनै ठाउँमा छिटपुट वर्षा भएको छ । देशैभर आकाशमाथि बादल देखिएको छ । आगामी दुई दिन पनि देशभर वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ ।

महाशाखाले आइतबार राती देशका विभिन्न स्थानमा वर्षा हुने जनाएको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको जनाएको छ । मध्य नेपालमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार सोमबार दिउँसो देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वका केहि स्थानहरु साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। यस्तै सोमबार राति देशको मध्य र पश्चिमी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भू–भागमा सामान्य बदलि भइ पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

यस्तै मंगलबार दिउँसो देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरु वर्षाको सम्भावना रहेको छ। मंगलबार राति देशको मध्य र पश्चिमी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलि तथा पूर्वी भूभागमा सामान्य बदलि भइ पूर्वका केहि स्थानहरुमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
डिसी नेपाल

धेरै पढिएको