२३ बैशाख २०८१, आईतवार
Follow Us

विप्लवको बन्दले देशभरको जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार ०३:१८

काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिवन्धित नेकपाले गरेको नेपाल बन्दका कारण राजधानीसहित देशभर सामान्य प्रभाव परेको छ ।
राजधानीमा मंगलबार बिहान सामान्य रुपमा गाडी चलेपनि शैक्षिण संस्था खुलेका छैनन् । यस्तै राजधानी बाहिर यातायात व्यवस्था समेत ठप्प छ ।
आफ्ना आफ्नो सप्तरी जिल्ला इन्चार्जको हत्या गरिएको दाबी गर्दै विप्लव समूहले नेपाल बन्दको आह्वान गरेको हो ।
विप्लव समूहका सप्तरी जिल्ला इचार्ज कुमार पौडेल असार ५ गते मारिएका थिए । प्रहरीले पौडेल मुठभेडमा मारिएको दाबी गर्दै आएको छ ।
प्रहरीले विप्लवको बन्दका क्रममा हुन सक्ने ध्वंसात्मक गतिविधिलाई नियन्त्रणमा गर्न देशभरको सुरक्षा व्यवस्था चुस्त बनाइएको जनाएको छ। यद्यपि ठाउँठाउँमा बम विस्फोटका खबर प्राप्त भएका छन् ।