२३ बैशाख २०८१, आईतवार
Follow Us

बागलुङमा शंकास्पद वस्तु फेला

sarusaru
१० असार २०७६, मंगलवार ११:२८

असार – बागलुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नेपाल बन्दलाई सफल बनाउन शंकास्पद वस्तु राख्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु राखेपछि स्थानीय त्रसित बन्न पुगेका छन् ।

पार्टीको केन्द्रीय नेतालाई पक्राउ गरेपछि मुठभेदको नाममा हत्या गरेको विरोधमा आव्हान गरेको नेपाल बन्दको कारण सम्पूर्ण यातायातका साधन बजार शिक्षण संघसंस्था प्रभावित बन्न पुगेको छ । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् ।
जनमञ्च