२५ बैशाख २०८१, मंगलवार
Follow Us

फ्रि तिब्बतको कार्यक्रममा भाग लिने सांसद प्रदीप यादवमाथि कारबाही

नेपालब्रिटेन डट कम्
१० असार २०७६, मंगलवार १६:२९

काठमाडौं–फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागि भएको भन्दै समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ ।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले यादवलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।

लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा यादव सहभागि भएका थिए । फ्रि तिब्बतसम्बन्धी सो कार्यक्रममा सहभागि भएकोबारे पार्टीले स्पष्टीकरण सोध्दा उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।