३२ असार २०८२, बुधबार
Follow Us

मेयर विरुद्ध नाराबाजी र नगरपालिकामा कालोझण्डा

nepalbritain news
११ असार २०७६, बुधबार ०२:२५

सिराहा । कल्याणपुर नगरपालिकाको बजेटमा व्यापक भ्रष्टाचार गरेको भन्दै विभिन्न राजनीतिदलले नाराबाजी गरेका छन्।

नगरप्रमुख सूर्यनारायण मण्डलमाथि भ्रष्टाचारको आरोप लगाउँदै बिभिन्न राजनीतिदलले नगरपालिकामा कालो झण्डासहित नाराबाजी गरेका हुन्।

संघीय सरकारको निर्देशनमा देशभरका स्थानीय तहलाई असार १० गते नै आगामी वर्षको सार्वजनिक गर्नुपर्ने निर्देशनका आधारमा सबै स्थानीय तहले बजेट विनियोजन गरेका छन्।

कल्याणपुर नगरपालिकामा भने मेयर र उपमेयरको विवादका कारण मंगलबार बजेट सार्वजनिक नगरेको बुझिन्छ।
डिसी नेपाल

धेरै पढिएको