३२ असार २०८२, बुधबार
Follow Us

मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु

nepalbritain news
१४ असार २०७६, शनिबार ०५:२८

झापा । झापामा मोटरसाइकलको ठक्करबाट एक युवतीको ज्यान गएको छ।

झापाको पूर्व पश्चिम राजमार्गअन्तर्गत दमक ४ चिया बगानस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१५प ५७६३ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको लु५१ प ५७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दमक नगरपालिका–७ की २७ वर्षीया रम्ता श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

मोटरसाइकलको ठक्करबाट स्कुटरको पछाडि सवार युवती श्रेष्ठ गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा न्युरो हस्पिटल विराटनगरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। स्कुटरलाई ठक्कर दिने मोटरसाईकल चालकलाई नियन्त्रणमा लियर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

धेरै पढिएको