१८ मंसिर २०८२, बिहीबार
Follow Us

एमालेको प्रतिनिधि चयनमा ईश्वर पोखरेल पक्षले जनायो आपत्ति

नेपालब्रिटेन संवाददाता
१८ मंसिर २०८२, बिहीबार १३:५७

काठमाडौँ । एमालेको ईश्वर पोखरेल पक्षले धनकुटा, दाङ, ओखलढुंगालगायत जिल्लामा प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै आपत्ति जनाएको छ ।

पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई गुन्डुमा भेटेर आपत्ति जनाएका हुन् ।

‘प्रतिनिधि चयनमा विधि बाहिर आफूखुसी निर्णय गर्ने, चुनाव भएको क्षेत्रमा परिणाम रद्द गर्ने कुराको आपत्ति जनाएका छौँ,’ उपाध्यक्ष पाण्डेले भने, ‘यसले महाधिवेशनको निष्पक्षतामा प्रश्न उठ्छ भनेर ध्यानाकर्षण गराएका छौँ ।’

उनले १५ जिल्लामा महाधिवेशन प्रतिनिधि चयनमा गडबडी भएको गुनासो आफूहरूलाई आएको बताए ।

धेरै पढिएको