२८ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा बाढी-पहिरोबाट १७ जनाको ज्यान गयो, ७ जना वेपत्ता

नेपालब्रिटेन डट कम्
२७ असार २०७६, शुक्रबार १५:१९

काठमाडौं– अविरल वर्षापछि आएको बाढी पहिरोबाट १७ जनाका मृत्यु भएको छ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थान बाढी तथा पहिरो गएको छ । काठमाडौंमा वर्षापछि पर्खाल भत्किँदा ३ जनाको मृत्यु भएको छ भने एक जनालाई खोलाले बगाएको छ ।
प्रहरीका अनुसार विभिन्न २० जिल्लामा बाढी तथा पहिरोबाट मानवीय क्षति भएको छ। घटनामा ७ जना घाइते पनि भएका छन् भने ४ जनाको उद्दार गरिएको छ ।
बाढी पहिरोबाट खोटाङमा ३, ओखलढुंगामा १, भोजपुरमा २, पर्सामा १,काभ्रेमा दुई तथा रामेछाप, सिन्धुली, मकवानपुर, धादिङ र ललितपुरमा १–१ जनाको मृत्यु भएको छ।