२१ बैशाख २०८१, शुक्रबार
Follow Us

मोटरसाईकल दुर्घटनामा वडा अध्यक्षको मृत्यु

sarusaru
३ श्रावण २०७६, शुक्रबार ०२:२६

काठमाडौं। बैतडीमा बिहीबार दिउँसो भएको मोटरसाईकल दुर्घटनामा परी एक वडा अध्यक्षको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी डिल्लीनारायण पाण्डेले जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष ४७ वर्षीय कलश चन्दको मृत्यु भएको डिसी नेपाललाई जानकारी दिए ।

सुर्नया–२ सिन्केलेक भन्ने स्थानमा वडा अध्यक्षले चलाएको से १ प ११४४ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट आएको म२प ६६३३ नम्बरको अर्को मोटरसाईकलले ठक्कर दिएको थियो । सो मोटरसाईकल चलाइरहेका चन्द्रसिंह ऐरको अवस्था भने सामान्य छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका वडा अध्यक्ष चन्दको पाटन अस्पताल वैतडीमा उपचारका क्रममा मृत्यु भएको डीएसपी पाण्डेले जानकारी दिए।