८ आश्विन २०८२, बुधबार
Follow Us

सभामुख महराद्वारा सहमतिको प्रयास जारी

nepalbritain news
१५ श्रावण २०७६, बुधबार ०७:२५

काठमाडाैं। प्रतिनिधि सभाको जारी गतिरोध हटाउन सभामुख कृष्णबहादुर महराले बुधबार बिहानैदेखि फोनमार्फत् सत्ता पक्ष र प्रतिपक्षका नेताहरूसँग छलफल गरेका छन्।

सहमतिकै लागि मंगलबार पनि सत्ता पक्ष नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङ, सचेतक शान्ता चौधरी, प्रमुख प्रतिपक्षी कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँड, राजपाका लक्ष्मणलाल कर्ण लगायतसँग सिंहदरबारमा छुट्टाछुट्टै छलफल गरेका थिए।

तर  अहिलेसम्म कुनै सहमति नजुटेकाे सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र राजपाले सर्लाही घटनाकाे छानवीन गर्न संसदीय समिति गठन गर्नुपर्ने अडान लिएका छन् भने सत्ता पक्ष संसदीय समिति बनाउन तयार छैन।

संसदीय समिति गठन नभएसम्म संसद चल्न नदिने भन्दै कांग्रेस र राजपाले संसदकाे कारवाही अवरुद्ध गर्दै अाएका छन्।

डिसी नेपाल

धेरै पढिएको