 नेपालब्रिटेन संवाददाता
                    नेपालब्रिटेन संवाददाता 
            
            काठमाडौं । गत भदौ २४ गते महाराजगन्जमा भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी सहायक निरीक्षक (असई) मिलन रायको बीभत्स हत्यामा संलग्न थप जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक घर भएका ओम पौडेललाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले धापासीबाट नियन्त्रणमा लिएको हो ।
घटनाको भिडियो फुटेजमा असई मिलन राय छटपटाइरहेको अवस्थामा पौडेलले उनको अनुहारमा मुङ्ग्रोले प्रहार गरी हत्या गरेको स्पष्ट देखिन्छ । सोही दिनको प्रदर्शनका क्रममा उद्दण्ड समूहले प्रहरी वृत्त महाराजगन्जमा आगजनी गर्नुका साथै दुई जना प्रहरी कर्मचारीको निर्मम हत्या गरेका थिए । मृत्यु हुनेमा असई राय र प्रहरी जवान उत्तम थापा रहेका छन् ।
यसअघि असोज ४ गते प्रहरी हत्या आरोपमा काभ्रे घर भएका युवराज क्यापछाकी पक्राउ परेका थिए । पौडेलको पक्राउसँगै यस घटनामा संलग्न आरोपमा पक्राउ पर्नेहरूको सङ्ख्या दुई पुगेको छ । क्यापछाकीलाई अदालतले अनुसन्धानका लागि १० दिनको म्याद दिएको छ ।