२३ बैशाख २०८१, आईतवार
Follow Us

ढिस्कोले पुर्दा २ बालिकाको मृत्यु

नेपालब्रिटेन डट कम्
२६ भाद्र २०७६, बिहीबार ०७:३६
दाङ । रुकुम पश्चिममा ढिस्कोले पुर्दा दुई बालिकाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं। १० चुन निवासी १० बर्षीया सावित्री विक र १२ बर्षीया दिलमाया विकको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले माथिवाट झरेको ढिस्कोले पुर्दा विक द्धयको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । विद्यालय बाट दलित नमुना बस्तिमा फर्किए लगतै विक द्धयलाई बुधवार बेलेका साढे ५ बजेतिर ढिस्कोले पुरेको डिएसपी खड्काले बताए । पुरिएका दुबै बालिकाको शव बुधवार बेलुका अवेर मात्रै ढिस्को पंछाएर निकाल्न संभव भएको खड्काले जानकारी दिए ।