२३ बैशाख २०८१, आईतवार
Follow Us

विमानस्थलको शौचालयमा भेटिएको शिशुको मृत्यु

नेपालब्रिटेन डट कम्
२६ कार्तिक २०७३, शुक्रबार ०६:००

भियना । बिहीबार बिहान भियना विमानस्थलको शौचालयको एक डब्बामा भेटिएको शिशुको उपचारका क्रममा बिहीबारै स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।
बिहानै शौचालयको सफाइ गर्न पुगेकी एक महिलाले जीवित शिशुलाई डस्टबिनमा प्लास्टिकमा बेरेर फालिएको अवस्थामा भेटेपछि तत्कालै शिशुलाई आपतकालीन उपचार सेवाका लागि स्थानीय एक अस्पतालमा पु¥याइएको तर उनको उपचारका क्रममा त्यहाँ मृत्यु भएको प्रहरी प्रवक्ता राइमण्ड स्वाइगरलेनरले बताउनुभयो ।
शिशुमा व्यापक अक्सिजनको कमी भएको अवस्थामा उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रवक्ता स्वाइगरलेनरले अस्पताल स्रोतलाई उद्धृत गर्दै बताउनुभयो ।
शिशुलाई एक नाइजेरियाली २७–वर्षीया युवतीले त्यहाँ जन्माएपछि डस्टबिनमा फालेको सुरक्षा अधिकारीले बताए । बच्चालाई आफू भियनामा ट्रान्जिटमा रहेका बेला जन्म दिएपछि उनले त्यहाँ फालेको बताइएको छ ।
शिशुकी आमालाई पनि स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनले बच्चा किन त्यसरी फालिन् भन्ने विषयमा उपचारपछि अनुसन्धान गरिने प्रहरी प्रवक्ताले बताए ।