१ जेष्ठ २०८१, मंगलवार
Follow Us

बागलुङमा एक युवकलााई आत्महत्या दुरुत्साहनमा जेल

sarusaru
६ कार्तिक २०७६, बुधबार ०३:४१

बागलुङ – जिल्ला अदालत बागलुङले यहाँका एक युवकलाई आत्महत्या दुरुत्साहनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ का भुवन केसीलाई आइतवार पुर्पक्षका लागि पठाएको हो । गत असोज ५ गते झुण्डीएर आत्महत्या गरेकी एक युवतीको माईती पक्षले दिएको किटानी जाहेरीमा पक्राउ परेका केसीले आत्महत्यका लागि दुरुत्साहन गरेको मुद्दा परेको थियो । अदालतले उनको मुद्दामा पुर्पक्ष गरेको हो । गत असोज ५ गते कुंडुले स्थित आफ्नै घरमा झुण्डीएर आत्महत्या गरेको अवस्थामा ती युवतीको शव फेला परेको थियो । बागलुङ नगरपालिका ४ की सहनशिला भनिने सुजता पौडेल केसीले आत्महत्या गरेपछि उनका श्रीमान भुवन केसीलाई आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ गरिएको थियो । केसी सँगै पक्राउ परेका मृतकका सासुससुरा भगवती केसी र डम्बरबहादुर केसीलाई भने जनही ५० हजार धरौटीमा छुटाइएको छ । जिल्ला अदालतमा पछिल्लो समय दुरुत्साहन मुद्दा पर्न थालेको हो । यस अघि भएका यस्तै प्रकृतिका घटनामा कर्तव्य ज्यान मुद्दा पर्ने गरेका थिए । कतिपय ठहर भएर बढी सजाय पाउने अवस्था थियो भने कतिपय घटनामा सफाई पाउने अवस्था थियो ।

जनमञ्च